२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयमा खुसी

पुनर्वास खबर बुधबार ३१, भदौ २०७७ ०३:४२

गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयमा खुसी

डोटी । डोटीको सायल गाउँपालिकाको वडा नम्बर ४ को वडा कार्यालय सम्म  पहिलो पटक बस पुगेको छ । बुधवार गाउँमा पहिलो पटक बस पुगेपछि उत्साह र खुशियालीका साथ बस हेर्नेको ठूलो भीड थियो । लामो समय पछि से १ ख १२८३ नम्वरको बस पुगेको गाँउपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेलले बताए ।

स्थानीयको सहजका लागी प्रदेश सरकार र गाँउपालिकाको सहयोगमा बस पुगेको जनाएको छ ।

विगतका बर्षहरुमा त्यहाँका स्थानीयहरुले जिपको यात्रा गदै आईरहेकोमा अव बस पुगेपछि स्थानीयमा खुसी छाएको छ ।

अझै बाटोको थप व्यवस्थीत गरि चार/पाँच महिना भित्रै डोटीको सायल गाउँपालिकाको वडा नम्बर ३  सम्म पुर्याउने लक्ष्य रहेको अध्यक्ष डुम्रेलले बताए ।

 


#डोटी

प्रतिकृया दिनुहोस