२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

कैलालीमा श्राद्धको खानाले १६ जना बिरामी, एकको मृत्यु

पुनर्वास खबर बुधबार ३१, भदौ २०७७ ०३:००

कैलालीमा श्राद्धको खानाले १६ जना बिरामी, एकको मृत्यु

कैलाली । कैलालीमा एउटै टोलका १६ जना बिरामी परेका छन्। गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका १६ जना बिरामी परेका हुन्।

उनीहरुमध्ये एकजनाको मंगलवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

उनका अनुसार श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीले १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भईरहेको जानकारी दिए।


#कैलाली

प्रतिकृया दिनुहोस