२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

कैलालीमा यसरी मनाइनेछ संविधान दिवस

पुनर्वास खबर बुधबार ३१, भदौ २०७७ ०९:२९

कैलालीमा यसरी मनाइनेछ संविधान दिवस

कैलाली।  कैलाली प्रशासनले संविधान दिवस मनाउन कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संविधान मुल समारोह समितिको बैठकको निर्णय अनुसारनै जिल्लामा दिवस मनाइने प्रशासनले जनाएको छ। 

कार्यालयले जिल्लाका सम्पूर्ण सरकारी निकाय/प्रतिष्ठान, संघसंस्था, कार्यालय, स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा दिवस मनाउन अनुरोध गरेको छ। जसअनुसार अरोज २, ३ र ४ गते सबै कार्यालयलाई राष्ट्रिय झण्डा फरफराउन र सर्वसाधारणलाई साझ दिप प्रज्वलन गर्न भनीएको छ। 

यस्तै संचारमाध्यमले उक्त समयमा संविधान सम्बन्धी सन्देश तथा कार्यक्रम प्रसारण÷प्रकाशन गर्न भनिएको छ। र, शहिदहरुलाई सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न धार्मीक स्थलमा पूजापाठ तथा प्राथना गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 


#कैलाली

प्रतिकृया दिनुहोस