२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

कस्तो रहला आज दिनभरको मौसम ?

पुनर्वास खबर बुधबार ३१, भदौ २०७७ ०६:४४

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

प्रदेश १ र गण्डकी प्रदेश का एक-दुई स्थानमा भारी वर्षा भएको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।


प्रतिकृया दिनुहोस