२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

पत्रकारमाथि कुटपिट गर्ने एकजना पक्राउ

पुनर्वास खबर मङ्गलबार ३०, भदौ २०७७ ०३:३९

पत्रकारमाथि कुटपिट गर्ने एकजना पक्राउ

धनगढी । सञ्चार गृहमा प्रवेशगरी पत्रकारमाथि कुटपिट गर्ने एकजना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईबाट कुटपिटमा संलग्न १९ बर्षिय सरोज थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले थापालाई जाई स्थित घरबाटै पक्राउ गरिएको जानकारी दिए। आक्रमण र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५÷२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।


प्रतिकृया दिनुहोस