२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

भारतमा २४ घण्टामा थपिए ८३ हजारभन्दा बढी कोरोना संक्रमित

एजेन्सी मङ्गलबार ३०, भदौ २०७७ ११:२३

भारतमा २४ घण्टामा थपिए ८३ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा २४ घण्टामा ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छ्न्।केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार ८३ हजार ८ सय ९ संक्रमित थपिएका हुन्।

योसँगै भारतमा कूल संक्रमितको संख्या ४९ लाख ३० हजार २ सय ३७ पुगेको छ। यस्तै, २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार ७ सय ७६ पुगेको छ।

भारतमा हाल ९ लाख ९० हजार ६१ सक्रिय संक्रमित छन् भने ३८ लाख ५९ हजार ४ सय जना निको भइसकेका छन्। 


प्रतिकृया दिनुहोस