२०७७ मङि्सर १९ गते शुक्रबार | 4 December, 2020

गुणस्तरीय शिक्षामा अभिभावकको भुमिका

पुनर्वास खबर सोमबार २९, भदौ २०७७ ०३:१२

गुणस्तरीय शिक्षामा अभिभावकको भुमिका

सुरेन्द्र मल्ल 

गुणस्तरीय शिक्षा
मानव विकासका निमित्त शिक्षालाई आम्दानी जत्तीकै महत्वपूर्ण सूचकका रुपमा लिने गरीन्छ। त्यति मात्र नभएर शिक्षा व्यक्ति र समाजको परवर्तनको सेवा पनि हो। शिक्षा र्आजन गर्नु सर्टिफिकेट बटल्नु मात्र नभई आजको प्रतिस्पर्धात्मक युगमा खरो सावित हुनु हो। त्यसका लागि गुणस्तरिय शिक्षा आधारशिलाका रुपमा देखा पर्दछ।

सबैका लागि शिक्षाको विश्वव्यापी अभियानको  प्रारम्भ संयुक्त राष्ट संघिय वालाधिकार महासन्धि १९८९ ले समान गुणस्तरीय शिक्षामा सबै बालबालिकाको अधिकार स्थापित गरेपछी नै प्रारम्भ भएको हो। शिक्षामा पहुँच, समता, गुणस्तरियता, सान्दर्भिकता र सुशासन अभिवृद्धिको वहस र वकालत गरिएको आज २ दशक वितिसकेपछि शिक्षाको गुणस्तर र विद्यार्थीको सिकाई उपलव्धिमा खासै सकारात्मक नतिजा प्राप्ती भइरहेको छैन। 

यसका साथै अझसम्म प्रध्यानाध्यपकको नेतृत्व स्थापना गर्न र विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघहरुलाई सक्रिय बनाउन नसकेकाले  विद्यालय शुसासन र गुणस्तरी शिक्षामा अपेक्षित सुधार ल्याउन सकिएको छैन्।
गुणस्तर भन्ने कुरा मुलतः देश र समाज सापेक्ष हुन्छ गुणस्तर खासमा व्यवहारिक, वैज्ञानिक र कार्यमुलक हुन्छ। यसको मापनको आधार लगानी, प्रक्रिया र प्रतिफलको समग्र मुल्याङ्कन हो। आवश्यक लगानी शैक्षिक प्रक्रियाको व्यवस्थापन र उच्चकोटीको शैक्षिक उत्पादनलाई गुणस्तरीय शिक्षा लाई मान्न सकिन्छ। 

उत्पादित जनशक्तिमा विषयको गहन ज्ञान, अभिव्यक्ति कौशल, ज्ञानको खोजि गर्ने मानसिकता, सिर्जनसिलता, ज्ञानलाई व्यवारमा उतार्ने कौशल, ज्ञान सिपका आधारमा जिवन जिउने कला छ वा छैन त्यसले गुणस्तर निर्धारण गर्दछ। 

गुणस्तरीय जनशक्तिमा विषयगत दक्षताका अतिरिक्त कर्तव् प्रति जिम्मेवारीपना, कामगर्ने अभिरुचि, विषयशिलता, लगनशिल, अरुको कुरा सुन्ने(धैर्यवान) र आफ्ना कुरा अरुलाई सुनाउन सक्ने सामथ्र्य एव सामाजिक प्रतिष्ठा आदी हुन वाच्छनिय मानिन्छ।

युग समाज अनुुसार गुणस्तर भिन्नाभिन्नै हुनुसक्छ। कुनैपनि देशले आफ्नो नीति तय गरी सोही अनुसारको शिक्षा नीति निर्धारण गर्दछ। उद्देश्य पूर्तिका लागी तय गरिएको पाठ्यक्रममा उल्लेखीत क्रियाकलापका माध्यमबाट सिकाई उपलब्धी हासिल गर्यो वा गरेन विषयगत तथा तहगत उद्देश्य हासिल गर्यो वा गरेन त्यसको मापनका लागि गरिने मुल्याङ्कन नै मुलतः गुणस्तर मापनको आधार भईरहेको छ। 

वास्तवमा पिउने र पिलाउने वा घाक्ने र घोकाउने प्रणाली गुणस्तर शिक्षाको आधार नभएर ज्ञान आर्जन र त्यसलाई सही रुपमा व्यवाहारमा उतर्ने कुशलता नै शैक्षिक गुणस्तरता मापनको आधार हो। यसका निर्धारक शैक्षिक पद्धती, शैक्षिक योजना, शिक्षा नीति, लक्ष्य तथा उद्देश्य, शिक्षाको संगठन र व्यवास्थापनद्धारा शैक्षिक नेतृत्वको व्यवस्थापन, शैक्षिक निणय विधि, दक्ष शिक्षकको व्यवस्थापन, स्तरिय पाठ्यक्रम, पाठ्य पुस्तक, शिक्षिक निर्देशिकता तालिम, शैक्षिक सामग्रीको निर्माण र प्रयोग, भैतिक सुविधा, आर्थिक लगानी र प्रक्रियाको समग्र मुल्याङ्कन र शैक्षिक अनुसन्धान आदि।
  
अभिभावकको भूमिका
हाम्रा पूवर्जहरुको एउटा श्लोक रहेको छ..
उपाध्यायन् दशाचार्य आचायणं शत पिता ।
सहस्रंतु पितृन् माता गौरवेणातिरिच्चते ।।

जसको अर्थ हुन्छ दश जना उपाध्याय भन्दा बढी एक जना आचार्य, सय जना आचार्य भन्दा एउटा वुवा र हजार वुवा भन्दा बढी एउटी आमा वालवालिका निम्ति महत्वपूर्ण हुन्छिन्। यसबाटै प्रष्ट हुन्छ एउटा बालबालिका वा विद्यार्थीका लागि अभिभावकको भूमिका कति अमूल्य छ। 

त्यसकारण शिक्षामा गुस्तर कायम गर्नका लागि तिनवटा पिल्लर अभिभावक, शिक्षक र विद्यार्थीमध्ये यसलाई एउटा पिल्लरका रुपमा लिन सकिन्छ। जसरी मानिसको पाचन प्रक्रियाका फाइवर फू्रड(रेशादार खानेकुरा), शारीरिक व्यायम, प्रशस्त मात्रामा पनि अति आवश्यक हुन्छ र एउटाको मात्रामा मात्र गडवडी हुनेबित्तिकै समग्र पाचन प्रणालीमा असर पर्दछ। त्यसैगरी शिक्षामा गुणस्तर कायम गर्नका लागि पनि अभिभावकको भूमिका कम अथवा कमजोर हुने वित्तिकै समग्रतामा गुणस्तरीय शिक्षामा असर र प्रभाव पर्ने देखीन्छ।  

अभिभावक समग्र शिक्षाको मात्र नभएर सम्पूर्ण शिक्षाको पाठशालाहुन त्यसकारण पनि हरेक क्षेत्रमा बालबालिकाको भविष्य निर्धारण गर्ने प्रमुख मियोका रुपमा लिइन्छ। हरेक अभिभावले आफ्नो वालवालिका राम्रो होस, उत्कृष्ट होस, र उसको भविष्य सुन्दर होस भन्ने चाहान्छ तर त्यसका निमित्त आफ्नो दायित्त निवार्ह गरे वा गरेनन भन्ने नै मूल कुरा हो। एउटा बालबालिकालाई अनुशासित र कुशल नागरीक वनाउने वातावरण सृजना गर्ने, उसका हरेक इच्छा, आकांक्षा रुची प्रति कत्तिको ध्यान दिइएको छ भन्ने प्रधान हुनजान्छ।

तर त्यसको गन्तव्य एउटा र अभिभाकको एउटा भएमा यि दुई ध्रुव बिचमा एकता अथवा मेलमिलाप नभएको खण्डमा सो गन्तव्यमा डगमगाउने र प्रभाव पर्ने देखिन्छ। त्यस कारण अभिभावकको र बालबालिकाको विच राम्रो समन्वय र एउटा असल साथी भएको खण्डमा मात्र एउटा मिसन सफल र उत्कृष्ट हुन जान्छ।

परिवेस र समय अनुकुल अभिभावकको भूमिका अति नै गतिशील हुनुपर्दछ। त्यसकारण हाम्रा अभिभावक हाम्रा वालवालिकाका लागि कति लगनशिल र कर्तव्यवोध छन् त्यसका आधारमा नै बालबालिकाको भाग्य र भविष्यको रेखा कोरीने देखीन्छ।

एउटा सफल बालबालिकाका लागि उसको अभिभावकको कस्तो रोल खेल्छ, सोही अनुसारको वातावरण सृजना गर्यो वा गरेन, त्यसका निम्ति लगनशिल भए वा भएन, अभिभावकत्व ग्रहण योग्य ठहरीए वा ठहरीएनन् यि सबै तत्व अति नै संवेदनशिल रहेका छन्। सम्पूर्ण अभिभावकहरु आफ्ना बालबालिको शिक्षा र हिडन्े वाटो प्रति कत्तिको जिम्मेवार हुन्छन सोही अनुसारको आधारहरु तयार हुने गर्दछन। 

अन्त्यमा एउटा कुशल नागरिक अथाव विद्यार्थी वा बालबालिकाको सिकाईको अन्तिम गुरु अभिभावकनै हुन्। त्यसकारण आफ्ना वालवालिकाको निगरानी वढाउन सहि गोरेटो हिडाउन सफल नागरिक बनाउने एक मात्र पात्र अभिभावकनै हुन त्यसको कुनै विकल्प छैन्।

त्यती मात्र नभएर गुणस्तरीय शिक्षा आजर्न गर्न समेत अभिभावकको जिम्मेवारी नै प्रमुख हो। विद्यालय बालबालिकाका लागि अभिभावको सक्रियतामा जोडसहितको व्यवस्थापन नै उत्कृष्ट विषयवस्तु हुनजान्छ। आफ्ना बालबालिकको रेखदेख आफैँ गराैँ गुणस्तरीय बालबालिका र शिक्षामा गुुस्तर कायम गरौँ।

(लेखक मल्ल डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित भद्रपुर माविको विद्यालय व्यवस्थापन समिति संयोजक हुन।)
 


प्रतिकृया दिनुहोस