२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

धनगढीका पत्रकार सडकमा उत्रिए (फोटो फिचर)

पुनर्वास खबर सोमबार २९, भदौ २०७७ ०२:१४

धनगढीका पत्रकार सडकमा उत्रिए (फोटो फिचर)

धनगढीमा स्थित दिनेश सञ्चार गृहमा पत्रकार माथि भएको साङ्घातिक आक्रमणमा संलग्नमाथि कारबाही गर्न नसकिएको भन्दै धनगढीका पत्रकार सडकमा उत्रिएका छन्।

पत्रकारहरुले सोमबार जिल्ला प्रशासन कार्यालय गेट अगाडी धर्ना दिएका छन्। सोही क्रममा आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई दोषी पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाउँदा समेत मुख्यमन्त्री किन मौन बसेका भन्दै ज्ञापन पत्र बुझाएका हुन्।

आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो।


प्रतिकृया दिनुहोस