२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

सवारी दुर्घटनाबाट राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी सख्त घाइते

पुनर्वास खबर आइतबार २८, भदौ २०७७ ११:३७

सवारी दुर्घटनाबाट राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी सख्त घाइते

कञ्चनपुर ।  कञ्चनपुरमा सवारी दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी सवारी दुर्घटनामा सख्त घाइते भएका छन ।झलारी बजारमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एक आपसमा जुध्दा मोटर साइकलमा सवार शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० का राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी २८ वर्षका ललित भण्डारी र २४ वर्षीय करन ठगुन्ना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

क्रिकेट खेलाडी भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।घाइतेको झलारी स्थित शुक्लाफाटा किल्नीकमा सामान्य उपचार पछि धनगढी निफर गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ । चालक भने फरार रहेका छन । चालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस