२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

मुम्बइमा कंगनाको कार्यालय डोजर लगाएर भत्काइयो

एजेन्सी आइतबार २८, भदौ २०७७ ०८:३६

मुम्बइमा कंगनाको कार्यालय डोजर लगाएर भत्काइयो

नयाँदिल्ली । बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय डोजर चलाएर भत्काइएको छ । महाराष्ट्र सरकारसँग कंगनाको विवाद चलिरहँदा यस्तो घटना भएको हो ।

कंगनाले उक्त भवन अवैध रुपमा बनाएको कारण देखाउँदै बृहन्मुम्बई महानगरपालिकाले डोजर प्रयोग गरी कार्यालय भत्काइदिएको हो । महानगरले यसअघि नै  २४ घन्टे अल्टिमेटमसहित बीएमसीले नोटिस टाँसेको थियो । कंगना भने मुम्बइ पुग्नुअघि नै उनको कार्यालय भत्काइएको हो । कंगनाले यस घटनाको विरोध गर्दै ट्वीटरमा समेत लेखेकी छन् ।

उनले कार्यालय फेरि निर्माण गर्ने भन्दै सरकारलाई चेतावनी दिएकी छन् । कंगनाको केही सातादेखि नै महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेसँग विदविवाद हुँदैआएको थियो । सुशान्त सिंह राजपुतको मृत्यु र रिया चक्रवर्तीको पक्राउबारे कंगनाले सार्वजनिक रुपमा विवादित अभिव्यक्ति दिँदैआएकी छन् ।

यसबारे महाराष्ट्रका मन्त्री सञ्जय राउत लगायत नेताहरुसँग वाकयुद्ध नै चल्दैआएको छ । कंगनाले उक्त घटनालाई महराष्ट्र सरकारका गुन्डाहरु आफ्नो अफिस पुगेको र अफिस भत्काएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । साथै महानगरविरुद्ध उच्च न्यायलयमा उजुरी पनि दिएकी छन् । तर कंगनालाई हिमाञ्चल प्रदेश सरकारले यसअघि नै ११ जना सुरक्षाकर्मीसहितको ुवाई ग्रेडु को सुरक्षा पहरा दिएको छ ।


प्रतिकृया दिनुहोस