२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु (फोटो फिचर)

पुनर्वास खबर शनिबार २७, भदौ २०७७ ०३:३९

धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु (फोटो फिचर)

झण्डै २० वर्षअघि रोकिएको धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु भएको छ। द्वन्द्वकाल सुरु भएयता रोकिएको हवाई सेवा पुनः सुरु भएको हो।

शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि बाजुराको कोल्टी विमानस्थलका लागि उडान भर्न सुरु गरेको छ।

समिट एयरले शुक्रबार बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए।


#बाजुरा

प्रतिकृया दिनुहोस