२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

कैलालीमा अति दुलर्भ साल माछा फेला

पुनर्वास खबर बिहिबार २५, भदौ २०७७ ०३:३७

कैलालीमा अति दुलर्भ साल माछा फेला

कैलाली । कैलालीको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने साल माछा फेला परेको छ । करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने साल माछा फेला परेको हो ।

साल माछा उद्धार गरिसकेको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए । डिभिजन प्रमुख कँडेलले संरक्षित वन्यजन्तु अन्तरगत पर्ने साल माछा नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा रहेको जानकारी दिए ।  


#अनौठो संसार

प्रतिकृया दिनुहोस