२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

फाइनल प्रवेशका लागि नाइट राइडर्ससँग भिड्दै जमैका

पुनर्वास खबर मङ्गलबार २३, भदौ २०७७ ११:५१

फाइनल प्रवेशका लागि नाइट राइडर्ससँग भिड्दै जमैका

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) को फाइनल प्रवेशका लागि त्रिनबागो नाइट राइडर्सको सामना गर्दै छ ।

दुईपटकको विजेता जमैकाले सेमिफाइनल नाइट राइडर्ससँगको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

लिगमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैका फाइनल पुग्‍ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।तर, लिग चरणको प्रदर्शन हेर्ने हो भने जमैकालाई फाइनल प्रवेशका लागि त्यति सजिलो भने छैन ।

लिग चरणका १० खेल खेलेको जमैकाले मात्र तीन खेलमा जित निकाल्दा ६ खेलमा पराजित र एक खेल रद्द भएको थियो । तर, जमैका लागि यो लिगमा भोगेको पराजयको बदला दिने अवसरसमेत हो ।

यता नाइट राइडर्स भने उच्च लयमा छ । अपराजित रहँदै सेमिफाइनल पुगेको नाइट राइडर्स सोही लयलाई निरन्तरता दिन चाहन्छ । नाइट राईडर्स पनि सीपीएलको दुईपटकको च्याम्पियन टोली हो ।


प्रतिकृया दिनुहोस