२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

फेरि मुग्लान पस्न थाले नेपाली

पुनर्वास खबर सोमबार २२, भदौ २०७७ ०९:५३

फेरि मुग्लान पस्न थाले नेपाली

कञ्चनपुर  कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ ।भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले गुजारा चलाउनै अप्ठेरो भएको भन्दै भारत छिर्न थालेका हुन् ।

 

No description available.

पाँच महिनाअघि कैयौं दिन पैदल हिँडेर घर फर्केका सुदूरपश्चिमेलि अहिले कैलालीको टीकापुर, गौरीफन्टा नाका  र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान थालेका छन् ।लामो ‘लकडाउन’ र अहिले निषेधाज्ञाले दैनिकी चलाउन मुस्किल भएपछि बाध्य भएर भारततर्फ जान लागेको उनीहरुको भनाइ छ ।सरकारले गाउँमा रोजगारी सिर्जना गर्न नसक्दा दैनिक छाक टार्न भारत पस्नुपरेको उनीहरुको भनाइ छ ।

 

No description available.

बर्षौदेखि भारतमा मज्दुरी गर्दै आईरहेका नेपालिहरुलाई कोरोनाको महामारी भन्दा भोकमरीले सताउन थालेको छ । कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक अनुसार  भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार ५ सय ५२ छ।  सीमामा रहेको नागरिक सहायता कक्षका दिनेश ठकुल्लाका अनुसार प्रत्येक दिन एक सयभन्दा बढी नेपाली मजदुरी गर्न भारत जाने गरेको बुझिएको छ ।

No description available.

कुनैबेला लामो समय भारतमा काम गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रोजगारीका अवसरहरू सिर्जना गरेर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने बताउँदै आएपनि प्रदेशमा रोजगारी सिर्जना गर्ने योजना र कार्यक्रमहरू सञ्चालन हुनसकेका छैनन् ।

आईतवारको तथ्याङ अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ भने कोरोनाकै कारण २८९ जनाले ज्यान गुमाई सकेका छन ।तर भारतमा भने त्यो संख्या कयौं गुणा बढी छ ।सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको गैरसरकारी संस्था दाबी गर्दै आईरहेका छन ।


प्रतिकृया दिनुहोस