२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

हलियाका परिवारलाई  विशेष ध्यान दिनुपर्छ  : श्रीपाइली

निर्मल रैका आइतबार २१, भदौ २०७७ ०५:०५

हलियाका परिवारलाई  विशेष ध्यान दिनुपर्छ  : श्रीपाइली

धनगढी ।  नेपालमा दासत्वका रूपमा रहेको हलिया प्रथा मुक्तिका लागि घोषण भएको आज १२ वर्ष पुरा भएको छ ।  आजकै दिन नेपाल सरकार र हलिया मुक्तिका अभियन्ता अधिकारकर्मी बिच ५ बुँदे सहमति  भई हलिया मुक्तिको लागि महत्त्वपूर्ण दिनका  रूपमा हेरिन्छ ।

नेपालको  तत्कालीन समयमा मध्य तथा सुदूरपश्चिममा रहेका हलियाको मुक्तिका लागि भनी तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र हलिया मुक्तिका अभियन्ता अधिकारकर्मी तथा संविधान सभा सदस्य हरि श्रीपाइली लगायतका हलिया मुक्तिका अभियन्ता सँग २०६५ भद्रा २१ गते उक्त सम्झौता भएको हो।

सरकारले हलिया मुक्तिको घोषण गरेको १२ वर्ष बितिसक्दा पनि किन हलियाको समस्या जिउँका त्युँ  छन् भन्ने विषयमा हलिया मुक्तिका अभियन्ता अधिकारकर्मी  हलिया पुर्नस्थापना समिति संयोजक तथा संविधान सभा सदस्य हरि श्रीपाइली सँग पुनर्वासकर्मी निर्मल रैकाले गर्नु भएको कुराकानी :-

  हलिया  भएको  के हो ?             

 हलिया प्रथा दासत्वको प्रथा हो एउटा पुस्ताले जग्गा धनी बाट ऋण लिई ब्याज बापत परिवारका सन्ततिले खेतीपाती लगाइ दिने,  अन्य घरायसी काम तथा साहु महाजनले अराएको काम गर्ने बधुवा मजदुर हलिया हो  ।

तपाई त हलिया मुक्तिका अभियन्ता अधिकारकर्मी तथा संविधान सभा सदस्य पनि हुनुहुन्थ्यो केके  गर्नु भो, हलिया मुक्तिका लागि कस्तो थियो अवस्था हलियाको ?

 म मानव अधिकार ,दलित अधिकार, सामाजिक न्यायको  का लागि निरन्तर लागि परेको छु । जाहा सम्म तपाईँले हलिया मुक्तिका लागि के गर्नु भो भन्ने प्रश्नमा म लगायत हलिया मुक्तिका अभियन्ता अधिकारकर्मीहरू मेरै पहलमा सुदूरपश्चिमको बिकट जिल्ला दार्चुलाको उकु बाट २०५९ साल देखि आन्दोलनको सुरु गरी हलिया मुक्तिका लागि पहल गरको हु । त्यस बेलामा हलियाको अवस्था बहुतै दयनीय थियो  ।

तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड तपाईँ र  हलिया मुक्तिका अभियन्ता बिच २०६५ सालमा ५ बुँदे सम्झौतामा भएको थियो के के थिए सम्झौता पत्रमा बुँदा हरू ? 

त्यस बखत प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको सरकार थियो  त्यस बखत भएका सम्झौताहरू
१- पुस्तौँदेखि हलियाका नाममा रहेको ऋण खारेजसहित औपचारिक रूपमा हलिया मुक्तिको घोषणा गर्ने।
२- हलियाका ११ बुँदे मागहरूलाई सकारात्मक रूपमा लिई  ठोस कार्य गर्न ९ सदस्यीय कार्य दल गठन गर्ने।
३- हलियाका ११ बुँदे मागहरूप्रति कार्य दलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने।
 ४- आन्दोलनका क्रममा  असुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्ने।
५- सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने। 

No description available.

 कसरी त्यो आन्दोलन निर्णायक बन्यो ?

त्यस बखत  बिभिन्न बाधा अब्रोध छल्दैछ चरण बद्ध आन्दोलन सँगै पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला , पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई , पूर्व सभामुख नेम्वाङ , पूर्व प्रधानमन्त्री सुशील कोइराला , लगायत उच्च पदार्थ व्यक्तिलाई भेट गरी हलिया मुक्तिका लागी ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र समेत बुझाइएको थियो । 

No description available.

 कतिकाे संख्यामा हलिया हुनु हुन्छ । कतिकाे पुनर्थापना भयाे हाल सम्म ?                                         श्रम वास्तविक हलिया-१६, ९५३ प्रमाणीकरण -१४२४२ र पुनर्स्थापन- १३५४६ र पुनः स्थापना हुन वाकी २७११ रहेका छन् । 

हलिया मुक्तिको घोषणा भएको लामो समय हुँदा पनि पुर्नस्थापना हुनमा किन ढिलाइ भएको होला ?

पुनः स्थापना काम भनेको राज्यको काम हो राज्यले यथासिघ् पुर्नस्थापना गरी उनीहरूको उचित व्यवस्थापन गर्नुपर्छ, राज्यले ध्यान दिनु पर्छ र ध्यानाकर्षण पनि गर्न चाहन्छु साथै  दोस्रो किस्ता  समेत दिन आग्रह गर्दछु   ।

हलियाका समस्या समाधान गर्न के गर्नु पर्ला ? 

हलियाको समस्या समाधान गर्न सरकारले ढिलो नगरिन पुर्नस्थापनाको कार्य अगाडी बढाइ हलियाका परिवारलाई शिक्षा , स्वास्थ्य , रोजगारी , दिगोजीबीकोपार्जन, सामाजिक सशक्तीकरण ,समावेशी जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ ।

अन्तमा  हलिया मुक्ति भएको १२ वर्ष भैसकेको छ  यस अवसरमा के भन्न चाहनु हुन्छ ?

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरलका कारण कार्यक्रम गर्न नसकिएको भए पनि हलिया मुक्ति दिवसको  अवसरमा हलिया मुक्तिका लागि लाग्नु हुने सम्पूर्ण हलिया अभियन्ता साथी सामाजिक अभियन्ता संघसंस्था , राजनीति दल, मानव अधिकारकर्मी, पत्रकार लगायत सम्पूर्ण धन्यवाद दिन चाहन्छु ।


प्रतिकृया दिनुहोस