२०७७ मङि्सर १९ गते शुक्रबार | 4 December, 2020

चाउमिन उद्योगमा भविष्य खोजीरहेका युवा तेज डम्रेल

वीरबहादुर सिहँ सोमबार ०८, भदौ २०७७ ०६:३३

चाउमिन उद्योगमा भविष्य खोजीरहेका युवा तेज डम्रेल

कञ्चनपुर । आफ्नै ठाउँमा केहि गर्ने सोचका साथ कञ्चनपुरका युवा तेज बहादुर डम्रेल चाउमिन उद्योगमा भविष्य खोजीरहेका छन् । विगत तिन वर्षदेखि जिल्लाको पुनर्वास नगरपालिका १० भिमबस्तीमा करिब चार लाख रुपैयाँको लगानीमा सुरु गरेको डम्रेल चाउमिन उद्योगबाट हाल मासिक २०-२५ हजार सम्म आम्दानी गर्दै आइरहेको बताउँछन् ।

No description available.

स्वदेशमै काम गर्ने रहर हुँदा हुँदै पनि यहाँ कुनै रोजगारीका अवसर नपाएपछि उनी केहि महिना भारत समेत पुगे । राम्रो कमाई हुन्छ भनेर भारत पुगेका डम्रेलले सोचे जस्तो काम र र पैसा नपाउँदा स्वदेशमै फर्किन बाध्य भए ।

लगनशील भएर मेहनत गरे गाउँमै विदेश गए बराबर आम्दानी गर्न सकिन्छ भन्ने मनसायले अर्काको देशमा काम नगर्ने भन्दै उनले गाउँमै चाउमिन उद्योग सञ्चालनमा ल्याउन सफल भए ।

No description available.

दाई शेर बहादुर डम्रेलले सिकेको सिपलाई आत्मसाथ गर्दै अहिले उनी आफ्नै घर परिवार सँग मिलेर काम गर्दै आइरहेका छन् ।  स्थानीय बजारको आवश्यकतालाई मध्यनजर गरेर चाउमिन उद्योग खोलेका डम्रलले सस समेत बनाउने योजनामा छन् ।

डम्रेल चाउमिन उद्योगबाट उत्पादित चाउमिन कञ्चनपुरका बिभिन्न बजार ,कैलालीका धनगढी,अत्तरियाका होटलमा समेत बिक्रि गर्ने गरेका छन् । सुरुमा बजारको अभावले चाउमिन उद्योग सञ्चालन गर्दा धेरै समस्या भोग्नु परेको बताउँदै अहिले पहिलाको भन्दा केहि सहज भएको बताए ।

अहिले उनी दैनिक,चार,पाँच सय पोका उत्पादन गरिरहेका छन् । धनगढीमा तिन वर्ष चाउमिन सम्बन्धी सिप सिकेका उनका दाई शेर बहादुर डम्रेलले अहिले भाईलाई साथ दिईरहेका छन् । रोजगारीको शिलशिलामा विदेश पलायन भएका युवाहरूलाई स्वदेशमै केहि गरे विदेश जतिकै कमाई गर्न सकिने हुँदा सरकार,प्रदेश सरकारले पनि उद्योगहरू सञ्चालन गरी रोजगारीका अवसर दिन सके युवालाई स्वदेशमै रोक्न सकिने उनको भनाई ।

No description available.

धनगढीबाट मैदा ल्याएर तेज बहादुरले चाउमिन उत्पादन गरिरहेका  छन् । सरकारी निकाय सँग अनुदानको माग समेत गरेका डम्रेलले सरकारी निकायबाट खासै सहयोग नमिलेको बताउँछन्। विदेशमा गर्न सकिने दुःख स्वदेशमै गर्ने हो भन विदेशमा भन्दा दोब्बर आम्दानी हुने उनको विश्वास छ । 



#कञ्चनपुर

प्रतिकृया दिनुहोस