२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

निषेधाज्ञाको पहिलो दिन कैलाली-कञ्चनपुर सुनसान

वीरबहादुर सिहँ शुक्रबार ०५, भदौ २०७७ ०२:५९

निषेधाज्ञाको पहिलो दिन कैलाली-कञ्चनपुर सुनसान

कञ्चनपुर । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि देशका बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका बिभिन्न प्रशासन कार्यालयहरूले एक सूचना निकाल्दै कोरोना भारइसको संक्रमण समुदायस्तरमा फैलन नदिन सुदूरपश्चिमका चार जिल्लामा निषेधाज्ञा  जारी गरेका छन् ।

No description available.

सुदूरपश्चिमका कैलाली,कञ्चनपुर,डडेल्धुरा,बैतडीमा बिहीबार राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजे सम्मका लागि प्रशासन कार्यालयहरूले अत्यावश्यक सेवाबाहेक काम बाहेक बिना काममा बाहिर ननिस्कन प्रशासनले अनुरोध समेत गरेको छ ।

No description available.

निषेधाज्ञाको आज पहिलो दिन सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार, कञ्चनपुरको महेन्द्रनगर,आईबिआरडी बजार, टाउन लगायतका बजार सुनसान बनेका छन् । यहाँका जिल्ला प्रशासन कार्यालयले  बिहीवार मध्य रातिदेखि निषेधाज्ञा जारी गरेपछि यहाँका बजार सुनसान बनेका हुन ।

No description available.

बजार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन पूर्ण रूपमा बन्द भएका छन् भने यात्रुवाहक र निजी सवारी साधनहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। यस्तै सुदूरपश्चिमका कैलाली कञ्चनपुरका मुख्य बजार क्षेत्रमा प्रहरीले कडाइ समेत गरिरहेको छ।

No description available.

सडकका ठाउँ ठाउँमा ट्राफिक र नेपाल प्रहरीको उपस्थिति रहेको छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँ ठाउँमा जाँच गरिरहेको छ।

No description available.

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यान्न, तरकारी, दूध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

No description available.

यता कञ्चनपुर प्रशासनले जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दूध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरूका किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छ ।  

No description available.

कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाइने छैन भने भिडभाड र जुलुस गर्न पनि पाइने छैन। आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

No description available.

अनुमति पाएका अत्यावश्यक सेवा तथा बस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग व्यापार ब्याबसाय साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नगर्ने,  शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डिपार्टमेन्ट स्टोर, लगायतका क्षेत्रमा पूर्ण रूपमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । 

प्रशासनले सुदूरपश्चिमेलिहरुको मुख्य पर्व गौरा र हिन्दु नेपाली महिलाहरुको पर्व हरितालिका तीजलाई सामुहिक रुपमा मनाउन प्रदेशभरी रोक लगाएको छ।  

No description available.

 


 


प्रतिकृया दिनुहोस