२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

धनगढी बजार आज बिहानैदेखि सुनसान (फोटो फिचर)

पुनर्वास खबर शुक्रबार ०५, भदौ २०७७ ११:२४

धनगढी बजार आज बिहानैदेखि सुनसान (फोटो फिचर)
तस्विर : सीताराम ओझा / खबर कुञ्ज

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार आज बिहानैदेखि सुनसान बनेको छ।  जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीवार मध्य रातिदेखि निषेधाज्ञा जारी गरेपछि धनगढी बजार सुनसान बनेको हो।

1

बिहीबार राति १२ बजेदेखी सुरु भएको निषेधाज्ञा भदौ १४ गतेसम्म जारी हुने छ। बजार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन चलिरहेका छैनन् भने यात्रुवाहक र नीजि सवारी साधनहरु संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ। बजार क्षेत्रमा प्रहरीले कडाई समेत गरिरहेको छ।

1

बजार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन चलिरहेका छैनन् भने यात्रुवाहक र निजि सवारी साधनहरु संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । बजार क्षेत्रमा ठाउँ ठाउँमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र ससत्र प्रहरीको उपस्थिति रहेको छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको छ । 

2


प्रतिकृया दिनुहोस