२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

‘आफ्नो गाउँ आफै बनाऊ’ अभियानमा जुटे पुनर्वासका युवा

पुनर्वास खबर मङ्गलबार ०२, भदौ २०७७ ०३:११

‘आफ्नो गाउँ आफै बनाऊ’ अभियानमा जुटे पुनर्वासका युवा

कञ्चनपुर । ‘आफ्नो गाउँ आफै बनाऊ’ अभियानमा पुनर्वासका युवाहरू जुटेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको नवयुग क्लबले आफ्नो गाउँ आफै सरसफाइ गरौँ भन्ने उद्देश्यका साथ सरसफाइमा जुटेका छन् ।

पछिल्लो समय समाजबाटै नै गाउँ प्रदूषित बनेको भन्दै क्लबका सदस्य, जनप्रतिनिधि,सुरक्षा निकायहरूको सहभागीमा गाउँलाई सरसफाइ गर्ने अभियानमा जुटेको नवयुग क्लबका अध्यक्ष गगन सिँ धामीले बताए ।

‘आज वडा नम्बर १० का सबै टोल टोलमा गएर सडकमा पशुचौपाय नराख्न र सडकमा फोहोर नफाल्न भन्दै जनचेतना दिएका छौ ।’ धामीले भने, ‘आगामी दिनमा सडकमा जथाभाबी पशुचौपाय राखेको पाइए जरिवाना लगाउँछौ ।’

पछिल्लो समय गाउँमा सडकमै पशुचौपाय बाध्नेक्रम  पनि बढेकाले दुर्घटना समेत निम्ताएको भन्दै यसमा न्यूनीकरण गर्न यसले थप मदत पुग्ने क्लबका सचिव राज कुमार चौधरीले बताए ।

क्लबले यति मात्रै नभई विगत वर्ष देखि सरसफाईका कार्य समेत गर्दै आइरहेकोले आगामी दिनहरूमा पनि नगरपालिका वडा कार्यालय सँग समन्वय गरेर अघि बढ्ने विश्वास दिलाए ।

यता पुनर्वास नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुकदेव रानाले क्लबले गरेको कार्य सर्हानिय रहेकोले वडाबाट हुने साथ र सहयोग क्लबलाई रहने आश्वासन दिलाउँदै आगामी दिनहरूमा पनि यस्तै सामाजिक कार्य गरी अगाडि बढ्न सुझाव दिए ।
 



प्रतिकृया दिनुहोस