२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

निर्मल लामा: जनयुद्धका छापामार देखी गायक सम्म

पुनर्वास खबर शुक्रबार ३०, साउन २०७७ ०५:४६

निर्मल लामा: जनयुद्धका छापामार देखी गायक सम्म

सुनिलकुमार लो ,कञ्चनपुर ।

कुनै समय माओवादी जनयुद्धमा बन्दुक बोकेर देश र जनताको मुक्तिका लागि लडेका मकर बहादुर हेन्जन(क.निर्मल लामा) आजभोलि गायक बनेका छ्न । कञ्चनपुर जिल्ला पुनर्वास २ का दशरथ बस्तीका स्थायी बासिन्दा मकर बहादुर हेञ्जन २०५७ सालमा माओवादीमा प्रवेश गरे । सानै उमेरदेखी गीतसंगीतमा रुचि राख्ने निर्मल रेडियोमा आउने गितहरु कण्ठ पार्थे । र गाउँघरमा साथीहरूलाई गित सुनाउँथे ।

सबैले प्रशंसा गर्न थालेपछि उनमा अझै हौसला बढदै गयो । त्यसैताका गाउँमा आइरहने माओवादी लडाकुहरुले गाएको गीत सुनेर त्यसको सिको गर्न थाले । उनले बिस्तारै रेडियोमा बज्ने गीत गाउन छोडेर क्रान्तिकारी गितहरु गाउन थाले । त्यस समय निकै चर्चामा रहेका गीतहरू "यो शरीर ढल्यो साथी हो, लालझण्डा ढल्न नदिनु", "तिम्रै लागि गए बरु यो ज्यान गईजाला" जस्ता गीतहरू गाउन थाले ।

बिस्तारै गीत गाउँदा गाउँदै माओवादीतर्फको झुकाव बढदै गयो । अन्ततः कक्षा छ मा पढदै गरेका १३ वर्षिय मकर बहादुर हेन्जन कमरेड निर्मल बन्न पुगे । कलिलो उमेरमा जनयुद्धमा होमिएका निर्मल साँस्कृतिक कर्मी हुँदै माओवादी छापामार बन्न पुगे ।

No description available.

यस क्रममा उनले २०५७ सालदेखि २०६२ सालसम्म तत्कालीन सुदुर र पश्चिमाञ्चल क्षेत्रका पहाडी जिल्ला र तराई जिल्लामा दर्जन भन्दा बढी मोर्चाहरुमा युद्ध लडे । त्यसक्रममा कैयौंपटक सामान्य घाइते पनि भए । जब माओवादी र सरकारको बिचमा शान्ति सम्झौता भयो, उनी बेरोजगार भए । पढाई त जनयुद्ध कालमै छुटिसकेको थियोे ।

जनयुद्धकालमा बुर्जुवा शिक्षा मुर्दावाद भन्दै युद्धमा होमिएका उनी जागिर खाने योग्यता नभएपछि निराश भएर भारतको गुजरात भासिए । कपडा फ्याक्ट्रीमा आफ्नो दाईसंग काम गर्दै समय बिताउने क्रममा उनले गाएका गित सुनेर सबैले प्रशंसा गर्थे । पछी उनको क्षमताको चर्चा सेठसम्म पुगेछ । सेठले उनको कलाबाट प्रभावित भएर उनलाई संगित विद्यालयमा भर्ना गरीदिए । त्यही उनले संगित बिसारतसम्म पढे । त्यसपछि भारतको गुजरातको स्टेट लेभलका विभिन्न प्रतियोगिताहरुमा भाग लिए । र थुप्रै प्रतियोगिताहरुमा भाग लिए ।विस्तारै उनले व्यवसायिक रुपमा गीत गाउन थाले ।

No description available.

स्थानीय ब्याण्डहरुसंग आवद्ध भएर गाउन थाले । हाल उनी गुजरातको सुरत सिटिमा नेपाली कान्छा नामले प्रख्यात छ्न । र त्यहाँका हरेक पार्टी र फंक्सनमा उनको माग हुन्छ । तर भारतमा बसेर जति नाम र दाम कमाए पनि नेपाल प्रतिको माया उनले कहिले भुलेनन ।

उतैको नागरिकता लिने र उतै सेटल हुने पर्याप्त अवसर हुँदाहुँदै पनि नेपाल नै फर्कने र यतै केही गर्ने मनस्थिति बनाईरहेको उनी बताउँछन् । केही समय अघि गित रेकर्ड गर्ने योजनाका साथ उनी नेपाल आए । तर उनको दुर्भाग्य कोरोना महामारीका कारण उनी यतै अडके ।

तर यो प्रतिकुल परिस्थितिलाई आफ्नो अनुकुल बनाउँदै हाल निकै चर्चामा रहेकी गायिका मेलिना राईसंग उनले गीत रेकर्ड गराएका छन । जुन छिट्टै बजारमा आउँदैछ ।

No description available.

निकट भविष्यमा आउन लागेको उनको यो गीतप्रती उनी निकै आशावादी छ्न । र यो गितले नेपाली संगित क्षेत्रमा उनलाई गायकको रुपमा उभ्याउने कुरामा विश्वस्त देखिन्छन् । 


प्रतिकृया दिनुहोस