पुनर्वास खबर बुधबार २८, साउन २०७७ ११:१०
धनकुटा। प्रदेश १ कि एक जना समानुपातिक सांसदको पिसिआर पोजेटिभ आएको छ। ती सांसद र उनका श्रीमान सहित धरानमा स्वाब संकलन गरिएकाहरुमा ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।
ती मध्ये ६ जना धरानका स्थानीय हुन्। पोजेटिभ रिपोर्ट आएकी सांसद धनकुटाबाट प्रदेशसभामा समानुपातिक हुन।
प्रदेशसभा सदस्य भएपछि इटहरी ४ मा बस्दै आएकी उनको धरान १५ मा स्वाब संकलन हुँदा श्रीमानसँगै आएर स्वाब दिएकी थिइन।
प्रतिकृया दिनुहोस