२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

कञ्चनपुरको बतासे झर्ना लगायतका पर्यटकीय क्षेत्रहरुमा जान रोक

पुनर्वास खबर सोमबार २६, साउन २०७७ ०१:१६

कञ्चनपुरको बतासे झर्ना लगायतका पर्यटकीय क्षेत्रहरुमा जान रोक

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ मा पर्ने बतासे झर्ना लगायतका पर्यटकीय क्षेत्रहरुमा जान रोक लगाएको छ ।

वडा कार्यालयले  सोमबार सूचना प्रकाशित गर्दै बतासे झर्ना, मणिका धाम, मणिका ताल, थारु संग्रहालय, सुनदेवी ताल लगायत सम्पूर्ण पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रहरुमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाएको हो ।

जंगल क्षेत्रमा प्रवेश गरेको जङ्गली हात्तीबाट हुन सक्ने सम्भावित मानवीय क्षति रोक्न र विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोक लगाइएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष बहादुर सिंह महाराद्धारा जारी सुचनामा भनिएको छ । पछिल्लो समय   लकडाउन हटेसगै कञ्चनपुरको  बतासे झर्ना लगायतका क्षेत्रहरुमा  ठुलो भीड लाग्ने गरेको थियो । कोरोनाको कहरमै पर्यटकिय क्षेत्रमा भिडभाड बढेपछि स्थनीयले कोरोनाको  जोखिम बढ्ने भन्दै   बिरोध समेत गरेका थिए । 


 



प्रतिकृया दिनुहोस