२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

पुनर्वास नगरपालिका भित्रका  सडकको दुर्दशा (फोटो फिचर)

वीरबहादुर सिहँ आइतबार २५, साउन २०७७ १२:३९

पुनर्वास नगरपालिका भित्रका  सडकको दुर्दशा  (फोटो फिचर)

कञ्चनपुरको पुनर्वास नगरपालिका भित्रका  सडकहरूको अवस्था नाजुक बनेको छ । यसपालि मध्ये असारसँगै सुरु भएको वर्षा साउन मध्यसम्मै रहँदा नगरपालिका भित्रका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएका छन् ।

नगरपालिका भित्र नै पर्ने डोके बजार देखि बुटावारी जोडने २० किलोमिटर हुलाकी सडकको समेत अवस्था नाजुक बनेको छ ।

सडकमा खाल्डाखुल्डी बढ्दा दुर्घटनाको जोखीम समेत बढ्ने गरेका छन् ।  हुलाकी सडक खण्डको पहिलो खण्ड कालोपत्रेको शर्मा राजेन्द्र जेबि कन्स्ट्रक्सनले शून्य किलोमिटर डोके बजारदेखि २० किलोमिटर बुटावारी सम्मको जिम्मा पाएको थियो।

कम्पनीले ३० महिनामा सम्पन्न गर्ने गरी कुल रु ३६ करोड ४७ लाख ९९ हजार ८ मा सडक खण्डको ठेक्का पाएको हो। तर अहिले सम्म सडकको निमार्ण हुन नसक्दा सडकको अवस्था बिग्रिँदै गएको छ । 

सडकमा ठूला–ठूला खाल्डा परेका छन् । ती खाल्डामा पानी भरिएर ताल जस्तै भएका छन् । हिलोमा मानिसहरुलाई आवत जावत गर्न निकै सास्ती भएको बताउदै आएका छन । 


 



प्रतिकृया दिनुहोस