२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

पुनर्वासमा २ लाख बराबरको अवैध कपडा बरामद

पुनर्वास खबर शनिबार २४, साउन २०७७ ०४:१५

पुनर्वासमा २ लाख बराबरको अवैध कपडा बरामद

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा तस्करी  बढ्दै गएपछि सशस्त्र प्रहरी र जनपद प्रहरी पनि तस्करी नियन्त्रणमा  सक्रिय देखिएका छन् ।

केही दिन यता दैनिकै जसो सशस्त्र प्रहरीले अवैध सामानहरु नियन्त्रणमा लिदै आएपनि शनिबार बिहान पनि भारतीय बजार बसहीबाट ल्याउदै गरेको अवस्थामा  नेपाली  दुई  लाख मूल्य बराबरको अवैध कपडा नियन्त्रणमा लिएको छ ।

पुनर्वास नगरपालिका ४, आमताल नजिकै जमुना घारीबाट दुई वटा साईकलमा भारतबाट ल्याउदै गरेको अवैध कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले जानकारी दिए।

सशस्त्र प्रहरी निरीक्षक बिष्टका अनुसार आफ्नो टोली देखेपछी तस्करहरु साईकल सहितको अवैध कपडा छाडेर फरार रहेको बताए । 



प्रतिकृया दिनुहोस