२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

मोटरसाइकलको ठक्करबाट प्रदेशसभा सदस्य गम्भीर घाइते

पुनर्वास खबर शनिबार १७, साउन २०७७ ०७:३३

मोटरसाइकलको ठक्करबाट प्रदेशसभा सदस्य गम्भीर घाइते

धनगढी। मोटरसाइकलको ठक्करबाट प्रदेशसभा सदस्य गम्भीर घाइते भएकी छन । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य अम्बिका थापा  धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटनामा परेकी हुन्।

बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भईरहेको छ । 


प्रतिकृया दिनुहोस