२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

पुनर्वास खबर शनिबार १७, साउन २०७७ ०६:१३

कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।उनीहरु दुबै करारका कर्मचारी हुन् ।

सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।


प्रतिकृया दिनुहोस