२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

नेपालमा शनिबार थप ३१५ जनामा कोरोना पुष्टि

पुनर्वास खबर शनिबार १७, साउन २०७७ ०४:४३

नेपालमा शनिबार थप ३१५ जनामा कोरोना  पुष्टि

काठमाडौ । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार १३८ रहेको मन्त्रालयले जानकारी दिएको छ । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ ।२५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । 


प्रतिकृया दिनुहोस