२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

बझाङको मष्टा गाँउपालिकाका अध्यक्षद्वारा सेवाग्राहीलाई गाली

पुनर्वास खबर शनिबार १७, साउन २०७७ ०४:३१

बझाङको मष्टा गाँउपालिकाका अध्यक्षद्वारा सेवाग्राहीलाई गाली

बझाङ । बझाङको मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतले मदिरा सेवन गरेर सेवाग्राही लगायत स्थानियलाई धम्क्याउने गरेका छन । स्थानिय तहको चुनावमा आफुलाई मत नदिएको भन्दै बेला बेलामा आफु भन्दा फरक विचार राख्ने स्थानियलाई धम्क्याउने गरेका छन ।

हालै मात्र मदिरा सेवन गरि मष्टा गाँउपालिका वडा नं २ का स्थानिय पिरु रोकायालाई अपाच्य शब्द प्रयोग गरी दुव्र्यवहार गरेको भिडीयो सामाजिक संजालमा भाईरल भईरहेको छ । अध्यक्ष कठायतले मदीरा सेवन गरी घर नजिकैका ७० बर्षिय वृद्ध पिरु रोकाया लाई  ‘तेरो बा हु म, राजा हु राजा के र्गछस’ लगाएतका शब्दहरु प्रयोग गरेका छन् । 

त्यो बाटो तेरी आमाको दाईजो हो । मेरो हो राजा हु राजा के र्गछस’ लगाएतका शब्दहरु प्रयोग गरेका छन् । अध्यक्षको यो पहिलो घटना भने होईन । उनले बेला बेलामा यस्ता हर्कत गर्ने गरेका छन । केहि महिना अघि मात्र एक जनालाई फोन मार्फत धम्क्याएको अडियो सार्वजनिक भएको थियो ।


#बझाङ

प्रतिकृया दिनुहोस