२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि

पुनर्वास खबर शनिबार १७, साउन २०७७ ०३:१७

सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि

कञ्चनपुर । सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० जना सहित सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीन/तीन जना र बझाङकै मष्टा गाउँपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।


प्रतिकृया दिनुहोस