२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात

पुनर्वास खबर शुक्रबार १६, साउन २०७७ ०४:१३

डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात

डडेल्धुरा । अस्पताल डडेल्धुराले चिकित्सकमाथि हातपातको प्रयास भएको भन्दै आपत्ति जनाएको छ । बिहीबार साँझ भएको दुर्घटनाका घाइते तथा अन्य बिरामीको उपचार गरिरहेका बेला १ समूहले चिकित्सकमाथि हातपात गर्ने प्रयास गरेको भन्दै अस्पताल प्रशासनले कारबाहीको माग गरेको छ ।

‘भीड हुनेगरी १५ देखि २० जनाको समूह आकस्मिक कक्षमा प्रवेश गरेको तथा भीड नगर्न अनुरोध गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि हातपातको प्रयास भएकोमा अस्पताल प्रशासन, अस्पताल तथा बिरामीको सुरक्षाप्रति संवेदनशील भइदिनहुन सबैमा अनुरोध गर्दछ ।

साथै उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न प्रशासनसमक्ष माग गरिसकेको जानकारी गराइन्छ,’ शुक्रबार विज्ञप्ति निकाल्दै अस्पतालले भनेको छ ।


#डडेल्धुरा

प्रतिकृया दिनुहोस