२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

विराटनगरमा शनिबारदेखि फेरि लकडाउन

पुनर्वास खबर शुक्रबार १६, साउन २०७७ ०४:०५

विराटनगरमा शनिबारदेखि फेरि लकडाउन

विराटनगर । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि दुई साताको लागि पुनः लकडाउन घोषणा गरिएको छ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायमा फैलिएपछि लकडाउन गर्नुपरेको जानकारी दिए।

अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल हिस्ट्री छैन। त्यसैले संक्रमण समुदायमा गइसक्यो भन्ने हो, उनले भने, त्यसकारण भोलिदेखि लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने भनिएको हो।

अब भोलिदेखि विराटनगरमा अत्यावश्यक सेवाबाहेक सबै कुरा बन्द हुनेछन्।सरकारले कुनै साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दो देखिएपछि ठाउँ-ठाउँमा स्थानीय सरकारले भने निषेधाज्ञा जारी गरेका छन्।
 


प्रतिकृया दिनुहोस