२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

कञ्चनपुरको दक्षिणी क्षेत्रमा फेरि भारतीय एसएसबीको दादागिरी

पुनर्वास खबर शुक्रबार १६, साउन २०७७ ११:४२

कञ्चनपुरको दक्षिणी क्षेत्रमा  फेरि भारतीय एसएसबीको दादागिरी

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय एसएसबीले फेरि अवरोध गरेको छ ।  नेपाल -भारत ३८ नम्बर सिमाक्षेत्रमा भारतीय एसएसबी टोलि हातहतियार सहित नेपाल प्रवेश गरेको हो । बेलौरी नगरपालिका -८ स्थित ३८ नम्बर पिल्लर सहितको करिब १२ सय मिटर नेपाली भुभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै उनिहरु नेपाल प्रवेश गरेका हुन ।

हुलाकी सडक निर्माण कार्यमा अवरोध गर्न  भारतीय एसएसबीका डिपुटी कमाण्डरसहितको टोली बिहीबार साँझ सीमाभित्र प्रवेश गरेको थियो । बारम्बार सडक निर्माण कार्यमा भारतीय पक्षले  अवरोध दिदैआएपछि सिमा क्षेत्रमा बसोबास गर्दै आएका  जनता विरोधमा उत्रिएका थिए ।

भारतीय एसएसबी बलको पटक-पटकको यो दादागिरी देखेर त्यहाका बासिन्दा हरु आक्रोशित समेत भएका छ्न । लालपुर्जा समेत रहेको आफ्नै देशको जमिनमा प्रवेश गरि  बेलबेलामा विभिन्न काममा अवरोध गरिरहदा उनिहरु आक्रोशित भएका हुन ।
 



#कञ्चनपुर

प्रतिकृया दिनुहोस