२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की

पुनर्वास खबर बिहिबार १५, साउन २०७७ ०३:१९

उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की

उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ ।उनलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताएका छन  । एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ ।

‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो।’ 

संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।



प्रतिकृया दिनुहोस