२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

पानीको कुनै ढल निकासा नगरेको भन्दै स्थानीय आन्दोलित

पुनर्वास खबर बिहिबार १५, साउन २०७७ ०२:४५

पानीको कुनै ढल निकासा नगरेको भन्दै स्थानीय आन्दोलित
तस्विर : ललित धामी

धनगढी ।  लगातारको वर्षाका कारण बस्तीमै बाढी पस्दा पनि नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

तिन दिन देखि परेको अविरल बर्षाका कारण बस्ती नै डसवान पर्दा समेत धनगढी उपमहानगरपालिले कुनै वास्ता नगरेको भन्दै  वडा नम्बर ३ का स्थानीयहरू आज आन्दोलनमा उत्रिएका हुन ।

उनीहरूले लगातारको पानीले आफूहरूको घर नै डुवान पर्दा समेत पानीको निकासा गर्नमा सरोकारवाला निकायले  कुनै कदम नचालेको भन्दै आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

लगातार तिन दिन सम्म परेको पानीले आफू सुत्न समेत नपाएको उनीहरूले गुनासो गरेका छन् । 


प्रतिकृया दिनुहोस