२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

सरिता गिरीको स्थानमा सांसद निर्वाचित लीला सिटौलाले लिइन् शपथ

पुनर्वास खबर बुधबार १४, साउन २०७७ ०१:४८

सरिता गिरीको स्थानमा सांसद निर्वाचित लीला सिटौलाले लिइन् शपथ

काठमाडौँ । समाजवादी पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लीला सिटौलाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सिटौलालाई सभामुख अग्निप्रसाद सापकोटाले बुधवार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नयाँ नक्सासहितको निशान छाप संविधानमा समावेश गर्नका लागि भएको मतदान सहभागी नभई पार्टीको ह्वीप उल्लंघन गरेपछि बर्खास्तगीमा परेकी सरिता गिरीको स्थानमा सिटौलालाई निर्वाचित गरिएको घोषणा निर्वाचन आयोगले सोमवार गरेको थियो ।

आफूलाई अन्यायपूर्ण ढंगले हटाइएको भन्दै सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेपछि नयाँ सांसद चयनका लागि बाटो खुलेको थियो ।


 


प्रतिकृया दिनुहोस