२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

कैलालीका बस्तीमा बाढी पस्दा स्थानीयको बिचल्ली (फोटो फिचर)

पुनर्वास खबर बुधबार १४, साउन २०७७ १२:०१

कैलालीका बस्तीमा बाढी पस्दा स्थानीयको बिचल्ली  (फोटो फिचर)

कैलालीमा बर्षासंगै आएको बाढी गाउँ पस्दा दुई सय बढि घर डुवानमा परेका छन्।

 सुदूरपश्चिम प्रदेशका अधिकासं क्षेत्रमा बर्षा भईरहेको छ । सोमबार राति देखि परेको पानिका कारण धनगढी, महेन्द्रनगर आसपासका क्षेत्रहरु डुवानमा समेत परेका छन ।

अविरल बर्षासंगै आएको बाढी गाउँ पस्दा कैलालीका कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्।  

सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरू भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Image may contain: one or more people and outdoor

पछिल्लो पटक निर्माण गरिएका सडकहरुमा ढल निकासका लागी व्यवस्थापन नगरिदाँ पानि बस्ती भित्र छिरेको छ । बस्ती जलमग्न हुदाँ स्थानियमा त्रास उत्पन्न भएको छ ।

Image may contain: 2 people, people standing, child, outdoor, nature and water


#कैलाली

प्रतिकृया दिनुहोस