२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरे १२५ जना

पुनर्वास खबर मङ्गलबार १३, साउन २०७७ १२:०७

नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरे १२५ जना

कैलाली । नेपाली कांग्रेस कैलाली क्षेत्र ४ गौरीगंगा नगर कार्य समितिको आयोजनमा नेपाली कांग्रेसका कार्यकर्ता भेटघाट  कार्यक्रम सम्पन्न भएको छ । 

गौरीगंगा नगर कार्य समितिको  आयोजनमा सम्पन्न  कार्यकर्ता भेटघाट कार्यक्रम कैलालीको गौरीगंगा  नगरपालिका वडा न १ को मोहन्याल मन्दिरमा कार्यकर्ता भेटघाट  आयोजित  कार्यक्रममा  नेकपा परित्याग गरि १२५ जना  नेपाली कांग्रेसमा प्रवेश गरेका  छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका  नेपाली कांग्रेस कैलालीका पाटी सभपति नर नारायण शाह मनुले  नव आगन्तु ब्यक्तिलाई सदस्यता पत्र  प्रदान गरि स्वागत  गरेका थिए ।

उक्त कार्यकर्ता भेटघाट कार्यक्रमा उपसभपति प्रकाश बम , महासमिति सदस्य हिरा दत्त भट्ट, युवा नेता बिरेन्द्र भट्ट, उत्तम कठायत, क्षेत्रिय सभपति दिनेशराज जोशी ,जिल्ला सदस्य शेर बहादुर देउवा,जिल्ला सदस्य प्रेम ओझा, जिल्ला सदस्य कमला शर्माको समेत उपस्थिति   रहको थियो ।

उक्त कार्यकर्ता भेटघाट  कार्यक्रममा गौरीगंगा नगर कार्य समितिका सभपति काशीराम शर्मा को  सभापत्तित्वमा सम्पन्न भएको थियो ।


प्रतिकृया दिनुहोस