२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

अमृत खाती र नमराज ढुङ्गानाको ‘कालो मोसो दलौं’ सार्वजनिक

पुनर्वास खबर मङ्गलबार १३, साउन २०७७ ११:३७

अमृत खाती र नमराज ढुङ्गानाको ‘कालो मोसो दलौं’ सार्वजनिक

काठमाडौं । पछिल्लो समयमा देशमा हरेक प्रकारका बिकृती बिसङ्गतीले जरो गाडिरहेको, मौलिकताहरु मासिदै गइरहेको र चार्डपर्वहरुमा बिकृतीहरु देखा परिरहेको भन्दै यस्तो बिकृती फैल्याउनेहरुका लागि खबरदारी गर्दै चर्चित गायकहरु अमृत खाती र नमराज ढुङ्गानाको शब्द रचना रहेको ‘कालो मोसो दलौं’ गीत सार्वजनिक भएको छ ।

अहिले साहित्य, कला, संस्कृती, रितिरिवाजहरुमा बिकृती देखा परिरहेका छन् । बिकृती सङ्गसङ्गै नेपाली गीत सङ्गीत तथा लोकसङ्गीत क्षेत्रमा पनि यसले प्रभाव पारेको छ । यसले गर्दा तीजका गीतहरुमा रत्यौली गाउने, दशै तिहारका गीतमा पर्वका मर्म भुलेर ठट्यौली गाउने र सुन्न नसकिने गीतहरु छन् भने हेर्न नसकिने भिडियो निर्माण भइरहेकाले यस्ता बिकृतीलाई खबरदारी गर्न यो गीत निकालिएको गायक अमृत खातीले बताए ।

उनले यस्तै बिकृतीका विषयलाई मध्यनजर गर्दै खबरदारीस्वरुप कालो मोसो दलौं नामक गीतको भिडियो सार्वजनिक गरेको बताए । गीतमा गायकहरु अमृत खाती र नमराज ढुङ्गानाको शब्द रचना र सङ्गीत संयोजक कमल सौरागको संयोजन रहेको छ ।

अमृत खाती, नमराज ढुंगाना , पूर्णकला बिसी, उमा श्रेष्ठ र कोपिला वाइबाले स्वरबद्व गरेका छन् । खस भाषा बोलेर भाइरल बनेका कुल बहादुर ओली, मनिषा राई, भिम केसी, भिम कुसारीको अभिनय रहेको उक्त भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादन रहेको छ ।

भिडियोको छायांकन वसन्त महर्जनले गरेका हुन् । बाध्यबादकको रुपमा सूर्य पूर्वछाने मगर, गोपाल पहाडी, यादब श्रेष्ठ , नेत्र श्रेष्ठ लगायतले भूमिका निर्वाह गरेका छन् ।



प्रतिकृया दिनुहोस