२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

वडाध्यक्षमाथि कुटपिट गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता

पुनर्वास खबर मङ्गलबार १३, साउन २०७७ ११:२०

वडाध्यक्षमाथि कुटपिट गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता

कञ्चनपुर।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिंह महरालाई कार्यकक्षमै कुटपिट गर्ने नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्ना सहितका सात जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । 

वडाध्यक्ष महरालाई आइतबार ठगुन्नको नेतृत्वमा गएको समुहले कायर्कक्षमै हातपात गरेको थियो ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले वडाध्यक्ष महरामाथि कुटपिट र कार्यालय तोडफोड गर्ने नारद ठगुन्ना, लोकेन्द्र ठगुन्ना, कमान ठगुन्ना, विनोद ठगुन्ना, नवीन ठगुन्ना, आनन्द सिंह ठगुन्ना, बसन्त सिंह ठगुन्ना विरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको बताए । 


#कञ्चनपुर

प्रतिकृया दिनुहोस