२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित

पुनर्वास खबर मङ्गलबार १३, साउन २०७७ ११:१८

नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज ११ बजेको लागि तय भएको स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो ।


प्रतिकृया दिनुहोस