२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

वडाध्यक्षमाथि आक्रमण भएपछि वडा कार्यालय अनिश्चितकालका लागि बन्द

पुनर्वास खबर सोमबार १२, साउन २०७७ ०८:०१

वडाध्यक्षमाथि आक्रमण भएपछि वडा कार्यालय अनिश्चितकालका लागि बन्द

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिकाका वडा नं. ८ को कार्यालयमा आइतबार विहान करिब साढे १० बजेको समयमा वडा अध्यक्ष बहादुरसिँह महरामाथि आक्रमण भएपछि वडा कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ ।

सोहि वडाका स्थानीय तथा नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का सभापती नारद सिँह ठगुन्नाको नेतृत्वमा आएको समुहले वडा अध्यक्ष महरामाथी आक्रमण गरेका थिए । 

सोही क्रममा वडा अध्यक्षलाई सामान्य चोटपटक लागेको बताएका छन ।दोपाीमाथी कानुन बमोजिम कारवाही तथा शान्ती सुरक्षाको पूर्ण रुपमा ग्यारेन्टी नभएसम्मको लागि वडा कार्यालय पूर्ण रुपमा बन्द हुने एक सूचना प्रकाशित गरेको छ ।

यस अवधिमा सेवाग्राहीमा पर्नजाने असुविधाप्रति वडा कार्यालयले क्षमा मागेको छ ।घटनामा संग्लन ६ जनालाई भने प्रहरीले नियन्त्रणमा लिईसकेको छ । 

https://youtu.be/Ry4c036cMCs


#कञ्चनपुर

प्रतिकृया दिनुहोस