२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

वडाध्यक्षलाई कुटपिट गर्ने ६ जना पक्राउ

पुनर्वास खबर आइतबार ११, साउन २०७७ ०७:२९

वडाध्यक्षलाई कुटपिट गर्ने ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार शुक्लाफाँटा नगरपालिका ८ का नारद ठगुन्ना सहितको समूहले वडाध्यक्ष महरामाथि कार्यालयमै कुटपिट गरेका थिए।

पक्राउ पर्नेमा सोही ठाउँका नारद ठगुन्ना, विनोद ठगुन्ना, बसन्त ठगुन्ना, कमानसिँह ठगुन्ना, नविन ठगुन्ना र आनन्द ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका माथि अनुसन्धान भइरहेको  जनाएको छ। 

आपसी विवाद सृजना भएपछि आज विहान ११ बजेतिर नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका युवाहरुले वडा कार्यालयमा तोडफोड सहित  वडाध्यक्ष महरामाथि कुटपिट गरेका थिए ।

https://youtu.be/Ry4c036cMCs


#कञ्चनपुर

प्रतिकृया दिनुहोस