२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

बेलौरी कञ्चनपुरकी पूजा मोडलिङ क्षेत्रमा जम्दै

पुनर्वास खबर आइतबार ११, साउन २०७७ १०:०५

बेलौरी कञ्चनपुरकी पूजा मोडलिङ क्षेत्रमा जम्दै

कञ्चनपुर । कञ्चनपुरको बेलौरी घर भएकी पूजा अधिकारी अहिले मोडलिङ क्षेत्रमा जम्दै गएकी छन ।  पछिल्लो समय कलाक्षेत्रमा जम्न राजधानी काठमाडौ नै जानुपर्छ भन्ने मान्यतालाई पछि पार्दै  आफ्नै क्षेत्रमा बसेर आफ्नो कलायात्रालाई अगाडि बढाईरहेकी छिन ।

कलाकारमा हुनुपर्ने अभिनय र नृत्य क्षमता भरपुर सुन्दरी पूजाले गत दुई वर्षदेखि कलायात्रालाई निरन्तरता दिईरहेकी छिन । आफुमा प्रतिभा भए जहाँबाट पनि चर्चामा आउन सकिने पूजाले बताईन ।

चारवटा म्यूजिक भिडियोमा काम गरीसकेकी पूजाको तिनवटा भिडियो युटुबमार्फत रिलिज भईसकेको र एउटा भिडियो प्रदर्शनको तयारीमा रहेको उनले जानकारी दिईन । विशेष गरि सुदुरपश्चिमको देउडा गीतमा अभिनय गर्ने पूजाले अभिनय गरेका हरेक भिडियोहरु चर्चामा आउन सफल भएका छन।

उनले अभिनय गरेको रेखा जोशी र चक्र साउदले गाएको साईका हात गोपाल जिएमले गाएको सुखै सुख गीतले हजारौं दर्शकको मन जित्न सफल भएको छ । उनका भिडियोहरु हेर्दा उनको अभिनय क्षमताको प्रशंसा नगरी कोहि बस्नै सक्दैनन् ।त्यसैगरी पछिल्लो समय निकै चर्चा कमाएको भिडियो हो राम साईला।

भिडियोमा पूजालाई भिम खडकाले साथ दिएका छ्न । जसमा अहिले निकै चर्चामा रहेकी गायिका एलिना चौहानले स्वर दिएकी छिन भने गितमा नरेश बिबिसीले एलिनालाई साथ दिएका छन ।



#कञ्चनपुर

प्रतिकृया दिनुहोस