२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

पुनर्वास खबर शुक्रबार ०९, साउन २०७७ ०९:०५

अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

विराटनगर । विराटनगरका दुई ठूला अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ ।शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो ।

दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर एम्बुलेन्समै मृत्यु भएको आफन्त र एम्बुलेन्स चालकले बताएका छन् ।

त्यसअघि शुक्रबार नै नोबल मेडिकल कलेजले उपचार गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो ।

कोशीमा सुविधा नभएका कारण धरान रेफर गर्न लागेको अवस्थामा मृत्यु भएका युवकको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले  बताए ।


प्रतिकृया दिनुहोस