२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

सुदूरपश्चिम बन्दको प्रभाब कैलालीमा सामान्य ( फोटो फिचर)

पुनर्वास खबर मङ्गलबार ०६, साउन २०७७ ११:५१

सुदूरपश्चिम बन्दको प्रभाब कैलालीमा सामान्य ( फोटो फिचर)

धनगढी ।  नेत्र विक्रम चन्द ‘विप्लव’ नेत्रित्वको समुहले गरेको सेती–महाकाली बन्दको प्रभाव कैलालीमा  सामान्य परेको छ । आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरिएको भन्दै विप्लव समुहले आज सुदूरपश्चिम बन्दको आह्वान गरेको हो ।

लामो समय देखि लकडाउनको मारमा परेका नागरिक तथा व्यवसायी विप्लबको बन्दले झनै समस्यामा परेका छन ।

कैलालीका मुख्य बजारमा समेत अधिकाशं पसलहरु खुला रहेका छन । सवारी साधनहरु पनि निर्वाध रुपमा सञ्चालन भईरहका छन 

यस अघि आज विहानै कैलालीका   विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका थिए । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

गत बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो। 


प्रतिकृया दिनुहोस