२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

कैलालीका बिभिन्न ठाँउमा शंकास्पद वस्तु फेला (फोटो फिचर)

पुनर्वास खबर मङ्गलबार ०६, साउन २०७७ १०:२५

कैलालीका बिभिन्न ठाँउमा शंकास्पद वस्तु फेला (फोटो फिचर)

कैलाली । कैलालीका बिभिन्न ठाँउमा शंकास्पद वस्तु फेला परेका छन ।  आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम थालेको छ। यसैबिच सुदूरपश्चिम बन्दको बिहानै देखि आशिंक रुपमा प्रभाब देखिएको छ । 

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए।

उता कैलालीको कैलालीको लम्कीचुहा नगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको कर्यालय अगाडी सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।


#कैलाली

प्रतिकृया दिनुहोस