२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

यस वर्षको टी-२० विश्वकप स्थगित

एजेन्सी सोमबार ०५, साउन २०७७ ०९:००

यस वर्षको टी-२० विश्वकप स्थगित

आगामी अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने तय गरिएको आइसिसी टी(२० विश्वकप क्रिकेट स्थगित भएको छ । आइसिसीको सोमबार बसेको बैठकले कोरोना भाइरसको महामारी कायमै रहेको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो ।

अब टी-२० विश्वकप २०२१ को अक्टोबर-नोभेम्बरमा हुने आइसिसीले जनाएको छ । त्यसैगरी आइसिसी एक दिवसिय विश्वकप २०२३को अक्टोबर-नोभेम्बरमा भारतमा हुने भएको छ भने २०२१ मा भारतमा हुने भनिएको टी-२० विश्वकप २०२२ को अक्टोबर-नोभेम्बरलाइ सरेको छ ।

विश्वकप स्थगित भएसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) हुने सम्भावना बढेको छ । सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको एसिया कप क्रिकेट पनि स्थगन भएसँगै यो वर्ष आइपिएल हुने लगभग निश्चित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले विश्वकप सरेमा यो वर्ष आइपिएल हुने बताउँदै आएको छ । आइपिएल युएईमा आयोजना गर्ने बिसीसीआईको तयारी छ ।


प्रतिकृया दिनुहोस