२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

भोली सुदूरपश्चिम बन्दको घोषणा

पुनर्वास खबर सोमबार ०५, साउन २०७७ ०२:२९

भोली सुदूरपश्चिम बन्दको घोषणा

धनगढी । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले भोली ६ गते सेती महाकाली बन्दको आह्वान गरेको छ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै ब्यूरोले सार्वजनिक गरेको संघर्ष कार्यक्रम अन्तरगत भोली बन्दको आह्वान गरिएको हो।

विप्लव समूहले साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने बिहिबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको थियो।  



प्रतिकृया दिनुहोस