२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

कैलालीका नदीमा पानीको बहाव बढ्यो (फोटो फिचर)

पुनर्वास खबर शनिबार ०३, साउन २०७७ ०९:४७

कैलालीका नदीमा पानीको बहाव बढ्यो (फोटो फिचर)

धनगढी । बर्षापछि कैलालीका विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ। कर्णाली, मोहना काडा, कान्द्रा, खुटिया लगायतका नदीहरुमा पानीको बहाव बढेको स्थानीयहरुले बताएका छन्।
 

नदीहरुमा जलस्तर वढेपछि तटीय क्षेत्रका वासिन्दाहरुलाई सर्तकता अपनाउन आग्रह गरिएको छ।सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बग्ने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुन आग्रह गरिएको हो।

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको हो।

सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 


प्रतिकृया दिनुहोस