२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा सलहको झुण्ड प्रवेश

पुनर्वास खबर बिहिबार ०१, साउन २०७७ ०६:५६

कञ्चनपुरको दक्षिणी क्षेत्र  पुनर्वासमा सलहको झुण्ड प्रवेश

कञ्चनपुर । बिहिवार कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० मा अपरान्ह सलहको झुन्ड देखिएको छ ।अपरान्हदेखि  ठुलो संख्यामा सलहको झुण्ड देखा परेपछि  उक्त क्षेत्रमा कृषि ज्ञान केन्द्र कञ्चनपुरको टोली खटिएको जनाएको छ।

ठुलो मात्रामा सलहको झुण्ड देखिएपछि यहाँका किसानमा त्रास छाएको छ । पुनर्वास नगरपालिका १० का स्थानीय गुरु प्रसाद चौधरीले सलह किरा प्रवेश गरेपछि आफूहरू त्रासमा बसेको बताउँदै यसमा सरकारले बेलमै पहल चाल्नुपर्ने बताए । भारतको दुधवा नेशनल पार्क हुँदै पुनर्वास  १० मा सलहको ठुलो झुन्ड भित्रिएको अनुमान गरिएको छ ।

यसरी गाउँमै सलह पसेपछि वर्षभरिको लागी खानको लागी रोपेको धान सखाप गर्न सक्ने अर्विना रानाले बताइन् । उनले स्थानीयवासीको मद्धतले केही मात्रामा भए पनि धपाउन सफल भएको बताई ।  

यस्तै अर्का किसान रामसे रानाले  भने आफूहरूले देख्ने बितिक्कै थालहरू बजाएर केही थपाएको बाकी अझै रहेकाले सबै मिलेर धपाउने कार्य गरिरहेको उनले बताए । उनका अनुसार केही बथान फेरि भारत तिर फर्केको छ भने केही बथान कञ्चनपुरको लालझाडी गाँउपालिकातिर गएको बताए ।

सलहको समूह हाल उक्त स्थानबाट पश्चिमी दिशातर्फ अगाडि बढेको सूचना प्राप्त भएकोले सबै कृषक तथा आम सर्वसाधारणलाई सतर्क रहन जिल्ला  प्रशासन कार्यालय कञ्चनपुरले समेत अनुरोध  गरेको छ ।

यस अघि स–सानो झुन्ड टुक्रिएर सलह किरा प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको थियो  ।



#कञ्चनपुर

प्रतिकृया दिनुहोस